४ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकामा एक पटक आफूहरुलाई मौका दिन आग्रह गरेका छन् ।

पार्टीले आयोजना गरेको काठमाडौं महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रमको क्रममा उनले अरु दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरुलाई मौका दिन आग्रह गरे ।

‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौं, अरुहरुलाई तपाईहरुले दशकौं दिँदा, फेरि फेरि मौका दिइराख्नुभएको छ । हामीले त एक मौका खोजेका छौं’ उनले भने ।

एक पटक आफ्नो दलका उम्मेदवारको इमान्दारी, परिपक्वता र क्षमताको परीक्षण गर्न उनले काठमाडौंका मतदातालाई आग्रह गरेका छन् ।

‘उहाँहरुको इमान्दारी ,उहाँहरुको परिपक्वता, उहाँहरुले गर्न सक्ने क्षमताको परीक्षण गर्न सक्नुहुन्छ’ मिश्रले भने, ‘यदि गरेर देखाउन सकेनौं भने यो लोकतन्त्र हो, अर्को पटक तपाईहरु हामीलाई मौका नदिनुस् ।

’आफूहरुले अवसर पाएमा काठमाडौं महानगरपालिकाको रुपान्तरण गर्ने बताए ।

विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।

कार्यक्रममा विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार समीक्षा आफूले जितेमा काठमाडौं महानगरपालिकाको स्वरुप नै फेरिने बताएकी छन् ।

उनले आफूले जितेमा पद्धति, पारदर्शिता, इमान्दारिता र उत्कृष्टताको जगमा टेकेर काम गर्ने बताइन् ।

‘विवेकशील साझा पार्टीले पद्धति र पारदर्शिता इमान्दारिता र उत्कृष्टताको जगमा टेकेर काम गर्छ, मेयर र उपमेयर पदमा हामी दुईलाई जिताएको खण्डमा काठमाडौंबासीले न्याय पाउनुहुन्छ’ उनले भनिन् ।

ॱ मेयर र उपमेयर दुवै पदमा विवेकीशल साझा पार्टीले महिला उम्मेदवार खडा गरेको छ ।ॱउनले भनिन् । ॱ सक्षम महिलालाई जिताउने वा नजिताउने भन्ने कुरामा काठमाडौं महानगरबासीलाई चुनौती पनि छ ।ॱ

सक्षम महिला त्यो पदमा जाँदै गर्दा काठमाडौं बासिका लागि ठूलो चुनौती भएको भन्दै काठमाडौं महानगरपालिकामा आफूहरुले जित हासिल गरेमा विज्ञ टोलीको सहयोगमा महानगर विकासमा लाग्ने बास्कोटाले बताइन् । ‘हाम्रो पछाडि ठूलो जनशक्ति छ, ठूलो विज्ञहरुको टोली छ । जसले कस्तो महानगरपालिका बनाउने भन्ने परिकल्पना गरेको छ’ उनले भनिन् ।

 

 

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com