४ वैशाख, सिन्धुली ।फिक्कल गाउँपालिका-१ का १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्दै गर्दा डुबेर मृत्यु भएको विषय लाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । बालकको मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले दोषीलाई कारबाहीको माग राख्दै बिहानैदेखि राजमार्ग अबरुद्द गरेका हुन् ।

हाल कमलामाई नगरपालिका-५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएका थिए ।खोलामा खनिएको खाल्डोमा डुबेर उनको मृत्यु भएको थियो ।कमलामाई नगरपालिका-४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा शनिबार सृयासको मृत्यु भएको थियो ।

कक्षा ४ मा अध्ययनरत सृयासको मृत्युको विषयलाई लिएर स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राखेका हुन् । पीडित पक्षले बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको बताईएको छ ।

“अवरोधले गर्दा राजमार्गमा सवारीसाधनहरु सन्चालन हुन सकेका छैनन् । खुलाउने प्रयास भइरहेको छ । “जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।” छलफलका लागि हिजोदेखि नै बोलाईए पनि पीडित पक्ष सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पुर्याइरहेका छन्” उनले भने ।पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com