काठमाडौँ । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदै छ ।

निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहनेछ ।

यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन यही वैशाख ११ र १२ गते हुँदै छ ।

निर्वाचन कार्यालय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेस गर्ने केन्द्रको मुख्य कार्य जिम्मेवारी रहने छ ।

विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्बन्धी वस्तुस्थिति बुझी सुरक्षासहित आयोगमा पेस गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सबै विषय प्रवक्तामार्फत सबै सामु पुर्‍याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने कार्य जिम्मेवारी रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेस गरेका समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनको सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्नका लागि उपयुक्त कदम चल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेस गर्नेछ ।

निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम गर्ने केन्द्रबाट हुनेछ । केन्द्रले निर्वाचन कार्य सम्पन्नपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेस गर्ने कार्य जिम्मेवारी छ ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com