प्रधानसेनापति प्रभुराम शर्माले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन ०७९ का लागि सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । सेनाका विभागीय प्रमुखहरूको उपस्थितिमा पूर्वी, मध्य, पश्चिम र उपत्यका कमान्डका सेनापतिहरूसमेतको उपस्थितिमा यस्तो निर्देशन दिएका हुन् । उनले सेनालाई उच्च सतर्कतासाथ राख्न र बम डिस्पोजल टोलीलाई पनि तयारी हालतमा राख्न निर्देशन दिएका छन् ।

प्रधानसेनापति शर्माले आ–आफ्ना जिम्मेवारी क्षेत्रहरूको सुरक्षास्थितिको निरन्तर मूल्यांकन गर्न सेनापतिहरूलाई निर्देशन दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरू तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरूसँग प्रभावकारी रूपमा समन्वय गर्न पनि निर्देशन दिएको जंगी अड्डाले जनाएको छ ।

बम डिस्पोजल टोलीलाई आवश्यकताअनुसार तयारी अवस्थामा राख्न र जनशक्तिलाई उच्च सतर्कतासाथ राख्न मातहतका निकायलाई प्रधानसेनापतिले निर्देशन दिएका हुन् ।प्रधानसेनापतिले सरकार र निर्वाचन आयोगको कार्यादेशअनुसार शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न  गर्न पनि मातहतमा निर्देशन दिएका छन् ।

जंगी अड्डाका अनुसार प्रधानसेनापति शर्माले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ मा उल्लेखित सेनासम्बन्धी बुँदाहरूलाई अक्षरशः पालना गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com