नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरू चुनावी तालमेलको पक्षमा नदेखिएको बताएका छन्।पछिल्लो समय करिब ५० जिल्लाका पार्टी नेता/कार्यकर्तासँग कुराकानी हुँदा तालमेलको पक्षमा नदेखिएको उनले बताए।

काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको तल्लो तह र माथिल्लो तहबीच चुनावी तालमेलबारे कुरा नमिलेको बताए।‘पछिल्लो समय ५० जिल्लाका साथीहरूसँग सम्पर्कमा थिएँ। देशैभरका साथीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्न,’ उनले भने, ‘कांग्रेसलाई भोट दिने मतदाता पनि तालमेलका पक्षमा देखिएका छैनन्।’तर चुनावी तालमेलबारे सत्तागठबन्धनमा गहन छलफल भइरहेको उनले बताए। महानगर र उपमहानगर भागबन्डाबारे आज पनि बालुवाटारमा छलफल छ।

‘मतदाताको मनोविज्ञान एक्लै लड्ने बरू जितिएन भने हारौंला भन्ने छ,’ थापाले भने, ‘निर्वाचन अघि नै तालमेल गर्ने कुरा स्वभाविक होइन। चुनावपछि सरकार बनाउन संख्या पुगेन भने तालमेल स्वभाविक हुने हो।’

उनले तालमेलको निर्णय केन्द्रबाट लाद्न नहुने बताए। कांग्रेसमा मात्र नभई माओवादीलगायत पार्टीका तल्ला कमिटीमा रहेर काम गरिरहेका कार्यकर्ताले चुनावी तालमेल नचाहेको उनको भनाइ थियो।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com