दक्षिण अफ्रिका र बोत्स्वानाको सीमामा रहेको कगलागादी निकुञ्जमा पानी पिउन आएका ग्राउज चराहरूलाई स्यालले आक्रमण गरेको छ । निकै बेरसम्म ढुकेर बसेको स्यालले चराहरूमाथि आक्रमण गरेको हो ।

फोटोग्राफर एलिज लाबुशान–हलले तातोमा एउटा कारभित्र लुकेर यसको तस्वीर खिचेकी हुन् । तस्वीरहरूमा स्याल चराको बथानमा बिस्तारै पसेको अनि उनीहरू पानी पिउन थाल्दा आक्रमण गरेको देखिन्छ ।

एलिजले भनिन्, ‘यो तस्वीर लिनका लागि मैले ३७ डिग्री सेल्सियस गर्मीमा कारभित्र तातो सहेर बस्नुपरेको थियो तर दुःखको प्रतिफल राम्रै पाइयो । यो निकुञ्ज स्यालकै क्षेत्र हो र र ऊ यसमा राज गर्छ । मैले उसलाई कैयौं दिनदेखि हेरिरहेको थिएँ र सबेरै उसले शिकार गरेको हेरें ।’

स्यालले चराहरूको शिकार गर्दा उनीहरू आत्तिएर उडेको दृश्य कारुणिक देखिन्छ ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com