काठमाडौं । सिडि बिजय अधिकारी र रचना रिमालको आवाजमा रहेको गीत ‘ओई साना ओई सानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

शिशिर भण्डारी, सिडि विजय, आभा थापा, अन्जली बास्तोला आदि कलाकारहरुको अभिनय रहेको गीतमा शव्द तथा संगीत सन्तोष पौडेलको रहेको छ। सालीनदि र लिप्सेफेदीका सुन्दर लोकेशनहरुमा छायाँकन गरिएको गीतलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन्। गीतमा लोप हुँदै गईरहेको पानी घट्मा युवा युवतीको प्रेम दृश्यलाई पनि स्थान दिईएको छ।

गीतका शव्दहरु टिपिकल रहेको दर्शक तथा स्रोताहरुले बताएका छन् भने भिडियोमा प्रस्तुत गरिएको कथालाई पनि सबैले रुचाएका छन्। ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन रहेको गीतलाई प्रविण भट्ले सम्पादन गरेका हुन्।

म्युजिक भिडियो:

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com