‘प्रमोद सनराईजको ५ राजनीतिक मुक्तक’


  • आर्मी प्रहरीले लगाउने पोशाक बर्दी हो।
    सामान्य रुघाखोकी लाग्नु त सर्दी हो।।
    ज-जसले सक्छ यहाँ देश उसैले लुट्छ;
    राजनीति भन्ने चिज पनि गुण्डागर्दी हो।।

 

  • चुपचाप नबसे दुईचार झापु कुट्नि हो।
    सोझा जनतालाई जसरी नि भुट्नि हो।।
    काङ्ग्रेस न कम्युनिष्ट केही फरक छैन,
    यहाँ सबैको उदेश्य देशलाई लुट्नि हो।।

 

  • सबै ठुलाबडा, वरिष्ठ र मैमत्ता, कसरी चल्छ हजुर।
    काम माखो छैन करोडौं भत्ता, कसरी चल्छ हजुर।।
    एउटा सिटामोल नपाएर अकालमै मर्छन् जनताहरु,
    उनीहरूलाई सधैं कुर्सी र सत्ता, कसरी चल्छ हजुर।।

 

  • कयौंको आँखाबाट आँसु झारिस्, तलाई अझै पुगेन।
    करोडौं सम्पत्ति अधिनमा पारिस्, तलाई अझै पुगेन।।
    राजनीति गर्ने बाहानामा हत्या-हिंसाको खोल ओढेर,
    हजारौं आमाको छोराछोरी मारिस्, तलाई अझै पुगेन।।

 

  • सबैले जय-जयकार गरुन् र तामझाम लागोस।
    हाम्रो धरातल बुझ्न् दिव्यउपदेश काम लागोस।।
    जसले जे भने नि राष्ट्रनिर्मातालाई सम्मान गर्छौं;
    बिदेशी डलर घिच्नेहरुको घैँटामा घाम लागोस।।

प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com