islington  below news photo
Tata box 1
jagdamba cement
sagarmatha

झापा आन्दोलनका एक हस्तीले नेकपा एमाले त्यागेको घोषणा गरेका छन्।

मंगलबार बिहान मेचीनगरका स्थानीय पत्रकारसँग आँसु खसालेर नेकपा एमालेको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको बताए। 

मेची नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले पार्टीभित्रको चरम गुटबन्दीका कारण पार्टीबाट अलग भएको सेतोपाटीलाई बताए।

invotech

मेची नगरमा घिमिरे नेकपा एमालेबाट नगर प्रमुख पदका लागि आकांक्षी थिए। तर, हालै सम्पन्न पाटीको आन्तरिक मतदान सहितको सर्वेक्षणमा उनी पछि परेका थिए। 

गएको स्थानीय तहको निर्वाचनमा पनि घिमिरे मेयरका लागि आकांक्षी थिए। स्थानीय पार्टी कमिटीले अर्को स्थानीय तहको निर्वाचनका मेयरका लागि पक्का गरेपछि उनले त्यस बखत उक्त पदको दाबी छोडेका थिए। 

नेकपा एमाले झापाले भने घिमिरेले पार्टी छोडेको विषयमा आधिकारिक धारणा दिएको छैन। पार्टीका झापा अध्यक्ष दीपक कार्कीले घिमिरेले पार्टी छोडेको विषयमा नेतृत्वलाई जानकारी नभएको बताए। 

काँकडभिट्टा निवासी घिमिरे एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटीका संयोजक हुन्।  

नेता घिमिरे तत्कालीन काँकडभिट्टा गाविस अध्यक्ष समेत हुन्। नेता घिमिरेले पार्टी निर्माण र संगठन विस्तारसँगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरेको बताउँदै पार्टी छोडेको बताए। उनले मेयरको आकांक्षा राख्दा आफूलाई पार्टीले रिङआउट गरेको आरोप लगाए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आदरणीय मेरा सहयोगी मित्रहरू। यो पटक ममाथि भएको अन्याय सहन सकिनँ। एउटैलाई थपिथपि जिम्मेवारी र अरूलाई अवसरबाट बञ्चित गर्ने चरम गुटबन्दीका नाइकेहरूसँग बसेर पटक/पटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिएँ।’

उनले माया गर्ने साथीसँग माफी पनि मागेका छन्। पार्टीले प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीलाई मेयरमा अगाडि सारेपछि डिल्लीराम घिमिरे , निलकण्ठ तिवारी लगायतका अन्य सबै आकांक्षीहरु रूष्ट भएका छन्।

घिमिरे झापा आन्दोलनदेखि नै पार्टीमा सक्रिय थिए। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट हुन्।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com