सामाजिक सञ्जाल बन्दको विरोधमा पत्रकारहरूको प्रदर्शन

काठमाडौं । दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध पत्रकारहरूले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यसहितको समूहले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याएको भन्दै विरोध जनाएको हो। उनीहरूले विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर विरोध प्रकट गरेका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com