काभ्रेमा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com