काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्। यसअघि उनी बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका थिए।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणमा परेका देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा घाइते भएका थिए। घटनामा देउवाको गर्धन तथा टाउकोमा चोट लागी १२ वटा टाँका लगाउनुपरेको थियो। प्रदर्शनकारीहरूले सो दिन देउवा दम्पतीमाथि कुटपिट गर्नुका साथै घरमा समेत आगजनी गरेका थिए।

advertisement

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको जानकारी दिए। उनका अनुसार डिस्चार्जपछि देउवा ललितपुरको जावलाखेल वा सानेपामा बस्ने सम्भावना छ। जावलाखेलमा देउवाका आफन्तको घर भएकाले उनी केही समय त्यहाँ बस्न सक्ने बताइएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com