काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिका १० बाट लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई सवार ८३० मिलिग्राम लागूऔषध खैरासहित प्रक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको से७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार ८३० मिलिग्राम भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७७० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया