काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोटस्थित खरिबोटमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ ।
प्रहरीका अनुसार खरिबोटमा डेरा गरी बस्दै आएका महोत्तरीका ३८ वर्षीय समी अहमदले २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।
घरायसी विवादका क्रममा सालो नाता पर्ने मन्सुरीमाथि अहमदले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुंगलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
घटनापछि प्रहरीले आरोपी अहमदलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया