चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला कमिटीका एक सदस्यसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको ‘विकल्प खाजा घर’मा जुवाखाल सञ्चालन भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त खाजा घर तनहुँका कमलबहादुर न्यौपानेले सञ्चालन गर्दै आएका छन्।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार जुवाखालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको छ।
पक्राउ पर्नेमा रास्वपा चितवन जिल्ला कमिटी सदस्य मनोज पौडेल, खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, ध्रुव कोइराला, रबिन काफ्ले, सुरेश खनाल, चिरन तिवारी, मनोज सुवेदी, वीरेन्द्र गिरी, नवीन जोशी, अमित कोइराला र मोती शर्मा रहेका छन्।
प्रहरीले पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया