काठमाडौं । भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर ३८ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिमतर्फ उत्तराखण्ड आसपास रहेको थियो।

भूकम्पको धक्का सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीलगायत जिल्लामा महसुस गरिएको थियो। रातिको समयमा कडा धक्का महसुस भएपछि केही स्थानका स्थानीय त्रसित भएर घरबाहिर निस्किएका थिए।

भूकम्पबाट नेपालतर्फ हालसम्म मानवीय क्षति वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाइएको छ।

सीमावर्ती क्षेत्रमा अवस्था सामान्य रहेको छ भने स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com