काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको विगत, पृष्ठभूमि र कामका आधारमा मतदाताले निर्णय गर्ने बताएका छन् ।

मङ्गलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले प्रतिनिधिसभा निर्वाचनको राजनीतिक प्रभाव स्थानीय तहमा पनि उस्तै रहने अवस्था नरहेको जिकिर गरे ।

स्थानीय तहमा मतदाता उम्मेदवारको व्यक्तिगत तथा सामाजिक पृष्ठभूमिसँग परिचित हुने भएकाले प्रतिनिधिसभा निर्वाचनभन्दा फरक परिस्थिति रहने उनको भनाइ छ ।

‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन्,’ दाहालले भने ।

नयाँ राजनीतिक दलका गतिविधिबारे नागरिकले क्रमशः बुझ्दै गएको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा पनि त्यसबारे जानकारी गराउनुपर्ने बताए । स्थानीय निर्वाचनमा राम्रो परिणाम हासिल गर्न पार्टीका नेता तथा कार्यकर्ता सक्रियतापूर्वक परिचालित हुनुपर्नेमा उनले जोड दिए ।

स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो परिणाम हासिल गरे मुलुक पुनः क्रान्तिको दिशामा अघि बढ्ने दाबीसमेत दाहालले गरे ।

‘स्थानीय तहमा राम्रो परिणाम निकाल्यौँ भने क्रान्तितिर देश फेरि जान्छ । यो कुरालाई तपाईँ हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति जोश आउनेछ ।’ उनले भने ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com