झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।

शनिबार झापामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र आपसी समझदारीअनुसार कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिइने स्पष्ट पारे।

advertisement

उनले भने, “आगामी वर्ष मेरो लोकतान्त्रिक सहयात्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जीलाई सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण गरिनेछ। निर्वाचनसम्म हामी कांग्रेससँग सहकार्यमा अगाडि बढ्छौँ।”

प्रधानमन्त्री ओलीले कार्यकर्ताहरूलाई ढुक्क भएर सहकार्यलाई समर्थन गर्न आग्रह गर्दै गठबन्धनको आधार सहमति, स्थायित्व र साझा लक्ष्य भएको बताए।

उनले आफ्नो अभिव्यक्तिबाट सत्ता हस्तान्तरणको विषयमा अनावश्यक भ्रम सिर्जना नगर्न पनि आग्रह गरे। “यो सहमति पार्टीहरूबीचको परिपक्व राजनीतिक समझदारी हो,” प्रधानमन्त्री ओलीले भने।

 

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com