काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरीले निर्वाचन आयोगमा उजुरी दिएका छन्।
गिरीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई गैरकानुनी रूपमा उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएको भन्दै आयोगमा औपचारिक उजुरी दर्ता गराएका हुन्।
महामन्त्री डा. धवलशम्शेर राणा लगायत आफ्ना पक्षका नेता तथा कार्यकर्तासहित उनी आइतबार आयोग पुगेका थिए।
गत शुक्रबार अध्यक्ष लिङ्देनले गिरीलाई पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाउने निर्णय गरेका थिए। त्यस निर्णयविरुद्ध गिरीले कानुनी बाटो रोजेका हुन्।
अब आयोगले सो उजुरीको अध्ययनपछि आवश्यक निर्णय लिने बताइएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया