काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले हालसम्म बुझाउन लागेको आफ्नो राजीनामा होल्ड गरेका छन्। केही निकट स्रोतहरूले आजै उनले राजीनामा बुझाउने तयारी गरेको जानकारी दिएका थिए, तर अन्तिम समयमा उनले राजीनामा रोकेका हुन्।

उम्मेदवारी दर्ता भएपछि पद स्वतः खारेज हुने व्यवस्था रहेकाले बालेनले वर्तमान अवस्थामा राजीनामा होल्ड गर्नु परेको पार्टी स्रोतले बताए। ‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्न मिल्दैन, त्यसैले अन्तिम समयसम्म होल्ड गरिएको हो। कांग्रेस सर्वोच्च अदालत पुगेको छ, भोलि चुनाव सर्न सक्छ वा अन्य अनिश्चितता रहन सक्छ, त्यसैले अहिलेको निर्णय यही कारणले हो,’ बालेनका निकट एक नेताले बताए।

advertisement

बालेन केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने तयारीमा छन्। झापा–५ बाट चुनाव लड्ने योजना बनाएका बालेनले यसअघि नै राजीनामा दिने तयारी गरिरहेका थिए। निर्वाचन आयोगले पर्सि (माघ ६) प्रतिनिधिसभा उम्मेदवारी दर्ताको समय तोकेको छ। दलहरूले यसअघि नै उम्मेदवार फाइनल गरिरहेका छन् भने रास्वपाले पनि आफ्ना उम्मेदवार टुंगो लगाउँदैछ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम छ। बैठक अघि बालेन शाह पार्टी कार्यालय पुग्नेछन्। पार्टी कार्यालयमा अहिले नेताहरू र कार्यकर्ताको भिड बढ्न थालेको छ। नेताहरूका अनुसार मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ।

बैठकपछि पार्टी सभापति रवि लामिछाने आजै जनकपुर प्रस्थान गर्ने छन् भने बालेन शाह पनि साँझ ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com