काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा आफ्ना दुई नेतामाथि कारबाही प्रक्रिया सुरु गरेको छ।

बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) सँग ७२ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

advertisement

समितिका सदस्य भक्ति सिटौलाका अनुसार ती नेताहरूले पार्टीका आन्तरिक विषय सार्वजनिक रूपमा उठाएको, चुनावका क्रममा पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको तथा सामाजिक सञ्जालमा अनुशासनविपरीत टिप्पणी गरेको आरोप लागेको छ। यस्ता गतिविधिलाई पार्टीले गम्भीर अनुशासन उल्लंघनका रूपमा लिएको छ।

अनुसन्धान तथा अनुशासन समितिले उनीहरूको गतिविधिले पार्टीको छविमा नकारात्मक असर परेको ठहर गर्दै चित्तबुझ्दो जवाफसहित निर्धारित समयभित्र उपस्थित हुन निर्देशन दिएको छ।

समितिले दिएको स्पष्टीकरण सन्तोषजनक नभएमा उनीहरूलाई निलम्बनदेखि निष्कासनसम्मको कडा कारबाही हुन सक्ने संकेत पनि गरेको छ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com