काठमाडौं । भारतमा परीक्षा प्रणालीको कमजोरी र प्रश्नपत्र चुहावटविरुद्ध सामाजिक सञ्जालबाट सुरु भएको ‘कक्रोच’ आन्दोलन अहिले सरकारविरुद्धको व्यापक युवा अभियानमा रूपान्तरण भएको छ। आन्दोलनले शिक्षा सुधारसँगै सरकारी जवाफदेहिता, बेरोजगारी, युवाको भविष्य र राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउँदै देशव्यापी समर्थन बटुलिरहेको छ।
प्रदर्शन चर्किँदै जाँदा आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको छ। विपक्षी दलका नेताहरूले पनि आन्दोलनलाई समर्थन जनाएपछि यो विषय राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको छ। विश्लेषकहरूका अनुसार युवामा बढ्दो असन्तुष्टिले आगामी भारतीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार












प्रतिक्रिया