एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।

तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका छन् ।

यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियो । तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिवान सरकारसँग डरका कारण आवाज उठाउन उनीहरू असमर्थ छन् ।

अफगानिस्तानको सत्ता हातमा लिँदा अफगानी जनताप्रति नरम नीति लिने घोषणा गरेको तालिवानले एकपछि अर्को गर्दै महिला, बालबालिका र युवापुस्ता लक्षित प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिबन्ध कहिलेसम्म लागू हुन्छ भन्ने बारे तालिवान सरकार केही बोलेको छैन । अफगानिस्तानमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

 

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com