काठमाडौं । गृह मन्त्रालयले चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो। 

सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेशमा मसाउद आलम खाँ पठाइएका छन् ।   

राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । प्रदेश २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य चाहिँ प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन् ।       

हाल सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई चाहिँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com