काठमाडौं । चन्द्रागिरी नगरपालिकाको वडानम्बर ८ का अध्यक्षले स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरेका छन्। वडाअध्यक्ष सन्तोष खड्काले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका हुन्। वडाअध्यक्ष खड्काले दुई सय थान साडी समेत खरिद गरिसकेको वडा कार्यालय स्रोतले जनाएको छ ।

सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।  उनले वडा सदस्य सविना राउत मार्फत् साडी खरिद गरेको जनाइएको छ।  वडा कार्यालयमा साडीका लागि निवेदन दिएका महिलालाई वडा कार्यालयमा गएर साडी बुझ्न भनिएको छ। वडा सदस्य पुरुषोत्तम रिजालले वडा कार्यालयले महिलालाई साडी वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको पुष्टि गरेका छन्। 

‘मतदाता आकर्षित गर्न सरकारी रकम दुरुपयोग गरियो,’ उनले ‘ग्लोबल नागरिक’ संग भने । वडाध्यक्ष खड्का नेकपा एमालेबाट र वडा सदस्य रिजाल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

एमालेबाटै निर्वाचित अर्का वडा सदस्य कमल केसीले पनि निर्वाचनको मुखमा मतदाता आफूतिर तान्न वडाध्यक्षले साडी बाँड्न लागेको बताए । उनले वडाध्यक्ष खड्काको काम गर्ने शैली मन नपरेपछि आफू निर्वाचित भएको ६ महिनापछिबाट वडा कार्यालय जानै छाडेको पनि बताए।

‘म वडा बहिष्कारवादी हो । जितेको ६ महिनाबाट मैले वडा कार्यालय जान छाडेको छु,’ केसीले वडा कार्यालय जान छाड्नुको कारण खुलाउँदै भने,‘वडाध्यक्षसँग विचार, सोचाइ, काम गर्ने शैली मन परेन ।

यस विषयमा वडा अध्यक्ष खड्का संग प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ छ ।

 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com