जाजरकोट : अपमानजनक व्यवहार कसुर मुद्धामा फरार रहेका विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले भेरी नगरपालिका- १ पिपे निवासी डिलबहादुर राना, कुशे ५ का गोविन्द चन्द र भेरी नगरपालिका ७ पुन्मका दिपेन्द्र सिंहलाई पक्राउ गरेको हो। 

उनीहरुमाथि गत फागुन ३० गते जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य व्यवस्थापक टिकाराम जैसीलाई कार्यकक्षमा बसी रहेको अवस्थामा कालोमोसो दली जुत्ताको माला लगाएको आरोप लागेको छ।

राना नेकपा विप्लवको भातृ संगठन युवा संगठनका जिल्ला अध्यक्ष हुन् भने चन्द सोही संगठनका जिल्ला इन्चार्ज हुन्। सिंह अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जाजरकोट संयोजक हुन्।

घटना सम्बन्धमा उनीहरुमाथि अपमानजनक व्यवहार सम्बन्धी कसुर मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।  घटनामा संलग्न तीनै जनाहलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद दिएको छ। हिरासतमा राखेर छानवीन भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए।

अन्नपूर्णपोस्ट

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com