काठमाडौँ । तनहुँ-१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।

सोमबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन् ।

नेपाली काँग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका देवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् ।

आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

 

प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com