‘तिमीलाई माया गर्छु र त मर्न सक्छु,मार्न सक्छु
तिम्रो लागि आफैंलाई पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु

काठमाडौं । दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो ।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छिन्। र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छिन्।

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् । यद्यपि, आफ्नो नयाँ गीतको लागि उनले यी शब्द लेखेकी हुन् वा मनको भाव ? यी कुरा जान्नु रोचक हुनेछन्।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com