काठमाडौं । नारायण नेपालको शब्द रहेको गीत ‘धोका दिई बैगुनीले’ सार्वजनिक भएको छ । पिरतीमा खेल गर्नेहरूको कर्तुत अनि धोका खानेहरूको आवाज बनेको गीतमा कर्णराज गिरीको स्वर तथा अनिल विरहीको संगीत छ ।
उक्त गीतको भिडिओमा सुबाश शर्मा, जिशु कोइराला र सञ्जीव भट्टराईको अभिनय रहेको छ भने अनिल विरहीको सङ्गीत रहेकोछ ।
भिडिओको निर्देशन शिशिर बुढाथोकीले गरेका हुन्। अरेन्जमा केबी भण्डारी, रेकर्डमा प्रकाश श्रेष्ठ, फोटोग्राफीमा दीपक गिरी तथा रङ्गसंयोजनमा अमृत चापागाईँ रहेका छन्। जिनाखु ठाकुर क्रिएशनको वितरण रकोको उक्त गीत सुबाश शर्मा नामक यूट्युबमार्फत् सार्वजनिक भएको छ ।
भिडिओ:
प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार
प्रतिक्रिया