काठमाडौं । निर्वाचन आयोगको पूर्वनिर्धारित तालिका अनुसार आज दलहरलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज आयोगले दलका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

आयोगले गत आइतबार र सोमबार दलहरुलाई उम्मेदवारी मनोनयन गर्न अह्वान गरेको थियो । उक्त उम्मेदवारीमाथि उजुरी गर्न वा परेका उजुरीमाथिको छनविनपछि शुक्रबार आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो।   

आजको निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रमपनि सम्बन्धित निर्वाचन सम्बन्धि निर्वाचन अधिकृतका कार्यालयमा हुने आयोगले जनाएको छ। 

प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com