काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए ।
बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले सो आदेश गरेका हुन् ।
बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।
प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार
प्रतिक्रिया