काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

बुधबार न्यायाधीश कृष्णराम कोइराला र धीरबहादुर चन्दको इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

उच्चले कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टलाई जनही एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। यादव पराजुली र सुदर्शन गौतमसँग समान २ लाखका दरले, गणेशप्रसाद पौडेल र विरेन्द्र नेपालीसँग पाँच पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ।

यस्तै १२ जना भने हिरासतमै रहेका छन्।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com