काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट बलात्कारको मुद्दामा दोषी ठहर भएर ८ वर्ष कैद सनाइएका क्रीकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन जाने तयारी गरेका छन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र सन्दीपले सफाइ पाउनुपर्ने नजिरहरु जम्मा गरेर पुनरावेदन गर्ने अन्तिम तयारीमा रहेको बताए।

‘हामी उच्च अदालत जानका लागि अन्तिम तयारीमा छौं। जिल्लाको फैसला बदर हुनुपर्ने आधार र कारणका साथै नजिरहरुलाई लिएर केही दिनमै पुनरावेदन दर्ता गर्छौं,’ घिमिरेले भने, ‘जिल्लाले गरेका फैसलाहरुमा थुप्रै त्रुटि भएका कारण त्यसलाई बदर हुनुपर्ने र लामिछानेले सफाइ पाउनुपर्ने दाबी पेस हुन्छ।’

लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी उच्चमा गर्ने तयारी सन्दीप पक्षले गरेको छ। सन्दीप पक्षले उमेर पुगेका दुई युवा-युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलत्कार नै हो भनी किटान नगर्ने दाबी गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com