काठमाडौं । नेपाल एकेडेमी अफ न्यूरोलोजीका अध्यक्ष प्रो.डा. कृष्ण कुमार ओलीले नेपालमा स्वतन्त्र न्यूरोसाइन्स सेन्टर स्थापना गर्न सहयोग गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्।

काठमाडौंमा आयोजना भएको पहिलो नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सेमिनारमा उपस्थित भएका विभिन्न देशका नसा रोग विशेषज्ञहरुलाई सम्बोधन गर्दै नेपालका उप-राष्ट्रपति राम सहाय प्रसाद यादव समक्ष प्रो.डा. कृष्ण कुमार ओलीले नेपालमा स्वतन्त्र न्यूरोसाइन्स सेन्टर स्थापना गर्न सहयोग गर्न नेपाल सरकारलाई आग्रह गरेका हुन्।

प्रो.डा. ओलीले न्यूरोसाइन्स क्षेत्रको महत्वपूर्णता र नेपालमा यस क्षेत्रमा थप अनुसन्धान र विकास आवश्यक रहेको बताए। उनले सरकारलाई सहयोगको लागि आह्वान गर्दै भने, “यदि स्वतन्त्र र समर्पित अनुसन्धान केन्द्रको स्थापना गर्न सकेमा न्यूरोसाइन्स क्षेत्रमा हामीले ठूलो प्रगति गर्न सक्नेछौं ।”

नेपाली इतिहासमै पहिलो पटक स्वास्थ्य क्षेत्रमा नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रि सेमिनारमा विश्वका विभिन्न मुलुक बाट चार सयको हाराहारीमा नसारोग विषेशज्ञहरूको सहभागीता रहेको थियो ।

सेमिनारमा नसा रोगको जटिल समस्याको पहिचान, परिक्षणको नयाँ प्रविधि, लक्षण र उपचारको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नसा रोग विशेषज्ञहरु बिच छलफल भएको थियो । सेमिनारमा उपस्थित सहभागीहरुले पनि विषेशज्ञ प्रोफेसरहरु बाट नया कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com