काठमाडौँ ।  वाइवाइ चाउचाउले जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई नगद ३० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । वाईवाई चाउचाउले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशिको पुरस्कार घोषणा गरेको हो ।

यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाईवाईको तर्फबाट नगद  ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यसका साथै वाईवाईले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारको पनि घोषणा गरेको छ।

प्रत्येक रन बनाएबापत १ हजार, चौकामा ८ हजार, छक्कामा १२ हजार, विकेटमा १५ हजार, अर्धशतकमा ५० हजार, शतकमा १ लाख र नेपाली टिमको जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो। यसका लागि सीजी फुड्स नेपाल र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ। नेपालले टी–२० विश्वकपको शृंखलाअन्र्तगत पहिलो खेल नेदरल्यान्डसँग आज (मङ्गलवार)खेल्दै छ। त्यस्तै, टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलङ्का र बङ्गलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ। सोमबार बेलुका समूह डी को पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com