काठमाडौं । झापाका पत्रकार टिकाराम नेपालको फिक्स डिपोजिटमा राखेको १ करोड बढी पैसा गायब भएको छ । श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा जम्मा गरेको १ करोड १० लाख ४३ हजार रुपैयाँ गायब भएको हो ।

नेपालले गत माघ तीन गते ६ महिनाका लागि सो रकम फिक्समा राखेका थिए । तीन महिना अमेरिका बसेर फर्किएका नेपाल दम्पतीले बैंकमा राखेको पैसा निकाल्न जाँदा पैसा नै गायब भएको खुलासा भएको हो ।

बैंकका कर्मचारीले सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गर्दा रकम गायब थियो ।  नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै पैसा गायब भएको जानकारी गराएका हुन् ।
उनले आफ्नो पैसा गायब भएको बारे बैंक जवाफदेही हुनुपर्ने बताए ।
बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला ​सम्पर्कविहीन छन् ।

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com