काठमाडौँ । आफ्नी श्रीमतीको निर्मम ढंगबाट हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरी हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पाख्रीनले गत २७ गते श्रीमतीको हत्या गरी सोही दिन बन्चरोले शवलाई टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा गाढेका थिए ।

घटनापछि उनले श्रीमतीको कपडा समेत सोही स्थान नजिकै गाडेको प्रहरीको भनाइ छ । गाउँमा एक्कासि महिला हराएपछि प्रहरीले मंगलबहादुरलाई पक्राउ गरी सोधपुछ गर्दा उनले श्रीमती मारेर गाडेको स्थान देखाएको प्रहरीको भनाई छ । प्रहरीले पाख्रीनलाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com