लमजुङ । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा  मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर  मदिरा सेवन गरेका थिए।

त्यसपछि उनीहरूबीच विवाद भएको थियो। सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा  गम्भीर निजको मृत्यु भएको हो।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। समयमा अस्पताल पुफ्याउन सकिएको भए निजको ज्यान जुगिनसक्ने तामाङका छिमेकीले बताएका छन्।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान मृत्यु भएको हो।

प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com