काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ । खेल सुरुभएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् । खेल १-१ को स्थितिमा पुगेको छ ।

यसअघि ६४ औं मिनेटमा भारत १–० ले अघि रहेको स्थितिबाट सुरु भएको थियो । भारतले गोल गर्नेवित्तिकै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रिती राईले गरेको प्रहार सिधै भारतको पोस्टमा छिरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता नदिएपछि नेपालले खेल नखेल्ने अडान लिएको थियो । नेपाली खेलाडीहरुले खेल्न नमान्दा १ घण्टा ६ मिनेट खेल अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com