काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।  खेल नेपाली समय अनुसार राति ९:१५ बजे डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सुरु हुनेछ।

लिग-२ मा हालसम्म निरासाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्याण्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ ।

तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।

यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।
दुई टोलीबीच हालसम्म खेलिएका आठ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ । एक खेल बिना नतिजा समाप्त भएको छ ।

लिग–२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ । टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ । अमेरिका ११ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com