एजेन्सी । स्पेनिस् क्लब बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ । गएराति भएको खेलमा आफ्नै मैदानमा जर्मन क्लब आइनट्राख्ट फ्रान्कुर्टसँग ३-२ ले तथा समग्रमा ४-३ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

नोउक्याम्पमा भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि ७५ प्रतिशत बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न चुक्दा बार्सिलोना बाहिरिन पुग्यो ।

फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

खेलको चौथो मिनेटमै फ्रान्कफुर्टले अग्रता लिएको थियो । कोस्टिकले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए ।

३६औँ मिनेटमा सान्तोष बोरले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे । ६७औँ मिनेटमा कोस्टिकले गोल गर्दै फ्रान्कफुर्टलाई ३-० को अग्रता दिलाए ।

बार्सिलोनाले इन्ज्युरी समयमा दुई गोल गरेपनि हार टर्न सकेन । बुस्क्वेट्सले इन्ज्युरी समयको पहिलो मिनेटमा र डिपाएले ११औँ मिनेटमा गोल गरेका थिए ।

युरोपा लिगबाट पनि बाहिरिएको बार्सिलोना यो सिजन उपाधिविहीन बन्नुपर्ने स्थिति बनेको छ । बार्सिलोना यसअघि च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ । अब स्पेनिस ला लिगाको मात्रै सम्भावना रहँदा त्यहाँ पनि बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १२ अंकले पछि छ ।

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com