काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लयमा फर्केको सनराइजर्स हैदराबादले शुक्रबार कोलकाता नाइटराइडर्सलाई सजिलै सात विकेटले पराजित गरेको छ । खराब सुरुवात गरेको सनराइजर्स यो लगातार तेस्रो जित हो ।

जितका लागि १ सय ७६ रन पछ्याइरहेको सनराइजर्सले १७.५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ७१ र एडेन मारक्रमले ६८ रन बनाए ।उनीहरूले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

यसअगाडि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । उसका लागि नितिश राणाले ५४ र प्याट कमिन्सले ४९ रन बनाए

 

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com