काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। यो नयाँ नियम राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको प्रतिबन्धभन्दा अझ कडा हुने संकेत गरिएको छ।

न्युयोर्क टाइम्स को रिपोर्टअनुसार, अमेरिकी कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको प्रारम्भिक सूचीमा ११ देशहरू “रातो सूची” मा राखिएका छन्। यी देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा रोक लगाइनेछ। नेपालको छिमेकी भुटान पनि उक्त सूचीमा परेको छ।

Advertisement

रातो सूचीमा पर्ने अन्य देशहरूमा अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन समावेश छन्। यी देशका नागरिकलाई कुनै पनि भिसा वा विशेष अनुमति बिना अमेरिका प्रवेश गर्न रोक लगाइनेछ।

नाम गोप्य राख्ने शर्तमा एक अमेरिकी अधिकारीले बताएअनुसार यो सूची केही हप्ता अघि विदेश विभागले तयार पारेको थियो। तर ह्वाइट हाउसमा पुग्दा यसमा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

हालसम्मको प्रारम्भिक सूचीअनुसार नेपाली नागरिक कुनै पनि प्रतिबन्धित सूची (रातो, पहेंलो वा सुन्तला) मा परेका छैनन्। यसले नेपालीहरूका लागि अमेरिका यात्रा सुरक्षित रहेको संकेत गर्छ।

यद्यपि, अन्तिम निर्णय आउन बाँकी भएकाले अमेरिकी अधिकारीहरूले आगामी दिनमा थप अपडेट आउने सम्भावना रहेको जनाएका छन्।

प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com