काठमाडौं – नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने व्यक्तिलाई पक्राउ गर्नु सरकारको उचित निर्णय भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई चितवनबाट पक्राउ गरिएको छ। बमले हेटौंडा उपमहानगरपालिकामा आयोजित सोही संगठनको कार्यक्रममा प्रचण्डको तस्वीर जलाएका थिए।
यस घटनापछि प्रहरीले बमलाई नियन्त्रणमा लिएको हो। नेता बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको फोटो जलाउने कार्य अराजकता हो। यस्तो गतिविधि नियन्त्रण गर्न सरकारले चालेको कदम प्रशंसनीय छ। गृहमन्त्रालयको पहल सराहनीय छ।”
सरकारले अराजक गतिविधिलाई कानुनी दायरामा ल्याउने प्रयासस्वरूप कारबाही अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार
प्रतिक्रिया