काठमाडौं । नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री जुलीकुमारी महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा आफूहरुले देखेका विकासका परीणाम सुर्यझैं स्पष्ट पारेकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्,‘जब सूर्य उदाउँछ, केही दल र व्यक्तिहरु अझै दियोको प्रकाशलाई याद गर्छन, आज हाम्रो लोकतन्त्रको सूर्य चम्किरहँदा केहीले अझै राजतन्त्रको मैनबत्तिलाई सम्झन्छन् । यो विरोधाभाष होईन र ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा हामीले देखेका विकासका परीणामहरु सुर्यझैं स्पष्ट छन् ।सुखी नेपाली र समृद्ध नेपालको यात्रा सुरु भएको छ ।’
अहिले दिगो विकासतर्फ उल्लेखनीय प्रगति भएको पनि उनको दाबी छ। उनले लोकतन्त्रको प्रभाव देखेर अन्धकारमा फर्कन चाहेनहरुलाई अब पश्चिमबाट सूर्य उदाउन नसक्ने भएजस्तै समाप्त भैसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरिन् ।
प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार
प्रतिक्रिया