काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धनका लागि यौनजन्य व्यवसायलाई कानुनी रूपमा व्यवसायीकरण गर्न आवश्यक रहेको बताएका छन्।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै घिमिरेले विश्वभर पर्यटकहरू मनोरञ्जनका लागि आकर्षित हुने गरेको उल्लेख गर्दै नेपालमा पनि सोही मोडललाई अनुकरण गर्नुपर्ने धारणा व्यक्त गरे।

Advertisement

“निश्चित स्थान तोकी मदिरा, मनोरञ्जन र यौनजन्य सेवा प्रदान गर्ने व्यवस्था गरौँ। यसले विदेशी पर्यटकको आगमनलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्छ,” उनले भने। “धार्मिक पर्यटकहरू सीमित खर्च मात्र गर्छन्, एडभेञ्चर पर्यटनमा सीमित पर्यटक मात्र आउँछन्, तर विश्वभर सबैभन्दा ठूलो संख्यामा आकर्षित हुने भनेकै मनोरञ्जन खोज्ने पर्यटक हुन्। यदि हामीले यसलाई व्यवस्थापन गर्न सक्यौँ भने मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुग्छ।”

उनले विपक्षी दलहरूलाई समेत यस्तो विषयलाई गम्भीरतापूर्वक उठाउन सुझाव दिँदै यसले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने तर्क गरे।

प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com