काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भएको आरोप लगाएका छन् ।

उनले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको बताएका हुन् ।

Advertisement

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको तथा मूर्ति चोर भएको गम्भीर आरोप लगाएका थिए ।

जवाफमा शाहीले भड्किला झूटा भाषण गर्दै हिँड्यौ भने नेपाली जनताले तपाईँलाई माफी नदिने बताउँदै उनले प्रचण्डलाई विदेशीको गुलाम नबनेर अब देशका लागि नवीनतम सम्झौतामा आउन आग्रह समेत गरेका छन् ।

सामाजिक संजाल मार्फत यस्तो छ शाहीको जवाफ :
प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईँले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईँले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16, Ak 47, LMG, SmG, SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ?  
मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईँलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो तपाईँले मार्‍यो ? निहत्था नागरिकलाई बाटो बाटोमा बम थाप्दै कसले हत्या गर्‍यो? तपाईँले गर्‍यो ।
विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईँले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईँले गर्‍यो । सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ।

प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com