काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन्।
शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्न सके दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने बताएका हुन्।

उनले भने, ‘पानी बिना जीवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ। सबैभन्दा बढी पानी अर्थात् जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महसुस गर्न सक्छौं। यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो। यसलाई सही सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो। दैनिक जीवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात् जलस्रोत अत्यन्तै उपयोगी छ। खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको छ। ’

साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट सृजित चुनौतीहरूको व्यवस्थापन गर्नुपर्ने बताए। उनले हिमालहरूको अवस्था, हिमनदीहरूको अवस्था र त्यसबाट सृजित समस्याहरूको समाधानका लागि नेपाल सरकार गम्भीर रूपले लागिरहेको समेत बताए।

प्रकाशित मिति: ८ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com