काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले राजा फर्काउने होहल्ला आकाशको जुनतारा खसाल्ने सपनामात्रै रहेको बताएका छन्। नेता बास्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउने हो-हल्ला गरेर पूर्वपञ्चहरुको एउटै पार्टी बनाउन खोजेकोसमेत टिप्पणी गरेका छन् । आगामी निर्वाचनमा भोट थप्न र संगठन विस्तार गर्न उनीहरुले यो योजना बनाइरहेको नेता बास्कोटाको आरोप छ ।

‘राप्रपाहरुले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपञ्चहरुको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।अरु त आकाशको जूनतारा खसाल्ने सपना न हुन्,’– उनले भनेका छन् ।

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com