काठमाडौं – नेपालस्थित अष्ट्रेलियाली दूतावासले शुक्रबार काठमाडौं उपत्यकामा ठूला राजनीतिक प्रदर्शनहरू हुने पूर्वानुमान गर्दै आफ्ना नागरिकलाई सकेसम्म बाहिर ननिस्कन आग्रह गरेको छ।

बुधबार सार्वजनिक गरिएको दूतावासको सूचनामा शुक्रबार सम्भावित प्रदर्शनका कारण यातायात प्रभावित हुन सक्ने, सुरक्षाकर्मीहरूको व्यापक उपस्थिति रहने र अप्रत्याशित परिस्थितिहरू उत्पन्न हुन सक्ने भन्दै सचेत रहन भनिएको छ।

दूतावासले आफ्ना नागरिकहरूलाई विशेष सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, भीडभाडयुक्त क्षेत्रहरूबाट टाढा रहन र निरन्तर समाचार अपडेटमा रहन आग्रह गरेको छ। साथै, स्थानीय प्रशासनले जारी गर्न सक्ने सम्भावित आदेश तथा कर्फ्यु जस्ता निर्देशानुसार चल्न पनि अनुरोध गरिएको छ।

शुक्रबार चैत १५ गते नेकपा (माओवादी केन्द्र) को अगुवाइमा गणतन्त्र पक्षधर समूहहरूले जुलुस निकाल्ने तयारी गरेका छन् भने राजसंस्थाको समर्थन गर्ने समूहहरूले पनि प्रदर्शन गर्ने योजना बनाएका छन्। यी गतिविधिहरूले काठमाडौं उपत्यकाको सुरक्षा र यातायात प्रणाली प्रभावित पार्न सक्ने भएकाले अष्ट्रेलियाली दूतावासले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com